काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ९९ दशमलव ३९ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले अघिल्लो आवमा रू. ११ करोड २० लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. २२ करोड ३३ लाख पुगेको छ । गत आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । अघिल्लो आवको तुलनामा कम्पनीको आम्दानी ९ दशमलव ४९ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको आम्दानी रू. ९१ करोड ३४ लाख रहेकोमा गत आवमा बढेर रू. १ अर्बभन्दा बढी पुगेको छ ।
कम्पनीको नाफा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३० पैसा रहेकोमा गत आवमा बढेर १४ रुपैयाँ ५६ पैसा पुगेको हो ।
कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९५ रुपैयाँ ३९ पैसा छ । कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ५३ करोड छ भने गत आवको चौथो त्रैमाससम्ममा जगेडा रू. ७ करोड ६ लाख ऋणात्मक छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
हिजो गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका होटल समूहका चार कम्पनीमध्ये सिटी होटल रू. २७ करोड २२ लाख घाटामा छ भने बाँकी तीन होटल नाफामा छन् ।
होटेल सोल्टी र हायातले नाफा बढाए, र्याडिसनले नाफा र हायात प्लेसले घाटा घटाए