काठमाडौं । दाउन्ने एग्रो फार्म लिमिटेडले सातौ वार्षिक साधारण सभा मङ्सिर २८ मा गर्ने भएको छ ।
सभा होटल स्टार चितवन प्रा.लि रत्ननगर १ चितवनमा दिनको ११ बजे शुरु गर्ने कम्पनीले जनाएको छ ।
सभाले आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।