काठमाडौं । बुधवार (आज) दुई कम्पनीले सर्वसाधारणमा संस्थापक शेयर निष्कासन गरेका छन् । कुमारी बैंकले २२ लाख ४३ हजार ७ कित्ता र छिमेक लघुवित्त वित्तीय संस्थाले २ हजार ९७७ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा निष्कासन गरेका हुन् ।
कुमारी बैंकले शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १० लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म खरीद माग गर्दै आवेदन पेश गर्न सक्ने व्यवस्था छ । त्यस्तै छिमेक लघुवित्तले प्रतिकित्ता ४३० रुपैयाँ वा सोभन्दा बढी अंकित मूल्यमा शेयर खरीद माग गर्न भनेको छ ।
कुमारी बैंकको शेयर खरीदका लागि पुस ३ गतेभित्र शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौं र छिमेक लघुवित्तको शेयर खरीदका लागि आगामी १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
छिमेक लघुवित्तले यसअघि गत असोज ३० गते यी शेयर विद्यमान संस्थापकमा मात्र जारी गरेको थियो । सो समयमा शेयर विक्री नभएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि यी शेयर जारी गरिएको हो ।