काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन शुरु भएको छ ।
आयोजनाको पावर प्लान्ट र इन्टरकनेक्सन फ्यासिलिटीहरूको परीक्षण कार्य सम्पन्न भएसँगै गत कात्तिक २७ गते देखि आयोजनाबाट व्यापारिक उत्पादन शुरु भएको कम्पनीले नेप्सेमार्फत जनाएको छ ।