काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतमलाई नियुक्त गरेको छ ।
हिमालयन इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्ज हुनुभन्दा पहिला उनले एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतका रूपमा समेत काम गरिसकेका छन् ।
बैंक तथा बीमा क्षेत्रमा तीन दशक अनुभव सम्हालेका गौतम त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर हुन् ।
कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत श्रवण रावलको निधनपश्चात कम्पनीका महाप्रबन्धक डोरिन्द्रराज दाहालले निमित्त कार्यकारी अधिकृतको रूपमा जिम्मेवारी बहन गरेका थिए ।