काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधवार (आज) चार कम्पनीको कुल १ करोड ७९ लाख ८२ हजार ९३७ दशमलव ७२ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
नेप्सेमा सिईडिबि होल्डिङको १० लाख २४ हजार ९१९ दशमलव ६१ कित्ता,अपि पावरको २८ लाख ९३ हजार २९८ दशमलव ९५६ कित्ता,कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५ दशमलव २७ कित्ता र एभरेष्ट बैंकको १ करोड १७ लाख ६७ हजार ९०३ दशमलव ८८ कित्ता गरेर कुल १ करोड ७९ लाख ८२ हजार ९३७ दशमलव ७२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यी शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
एभरेष्ट बैंकले गत असोज २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले ५ दशमलव ५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
त्यस्तै कामना सेवा विकास बैंकले असोज ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
त्यसैगरी, अपि पावरले कात्तिक ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले शून्य दशमलव २६३२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको थियो ।
सिईडिबि होल्डिङले असोज २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ११ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । बोनस शेयर बापत लाग्ने कर शेयरधनीले नभई कम्पनीले तिर्ने जानकारी गराएको छ ।