काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अनन्त चापागाईं नियुक्त भएका छन् ।
प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद बास्तोलाको पदावधि सकिएपछि बैंकले सो पदमा चापागाईंलाई आगामी ४ वर्षका लागि नियुक्त गरेको हो ।
नविल बैंकबाट आफ्नो करीअर शुरु गरेका चापागाईंसँग ३३ वर्षभन्दा बढीको बैंकिङ अनुभव छ ।
मितेरीको सीईओ बन्नुअघि उनी प्राइम कमर्सियल बैंकमा कायममुकायम नायब महाप्रबन्धक थिए ।