काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले आगामी पुस ११ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंको नागार्जुन न.पा.४, सीतापाईलामा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।
सभाले आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले जारी पूँजीको २० प्रतिशत आईपीओ निष्कासन गर्ने र आईपीओ निष्कासनबाट प्राप्त रकमको उपयोगसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ ।