काठमाडौं । दुधकोशी जलविद्युत कम्पनी लिमिटेडले पूँजी वृद्धिको प्रस्ताव गर्दै पुस १० गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
मंसिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल विद्युत प्राधिकरणको सभाकक्ष, दरवारमार्ग, काठमाडौंमा अपराह्न २ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
कम्पनीले हाल कायम चुक्तापूँजी र जारी पूँजी वृद्धि गरी कम्पनीको पूँजी संरचना परिवर्तन गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।