काठमाडौं । देशभर करीब ५ अर्बको दुग्धजन्य पदार्थ मौज्दात रहेको नेपाल डेरी एसोसियशनले जनाएको छ ।
एसोसियशनले आज जारी गरेको प्रेस विज्ञप्तिमा खपत नबढ्दा र आयात बढ्दा नौनी, पनिर, घ्यूलगायतको मौज्दात बढिरहेको जनाएको छ ।
दुग्धजन्य पदार्थको मौज्दात बढेपछि डेरी उद्योगी समस्यामा परेको भन्दै डेरी एसोसियशनले खपत बढाउन सुरक्षा निकायलाई अनुरोध गरिसकेको पनि जनाएको छ ।
एसोसियशनको आजको बैठकले यी खानेकुराको खपत बढाउन प्रचारप्रसार गर्ने निर्णय पनि गरेको छ ।