काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) ब्रान्ड दिपलले बलिउड गायक सोनु निगमको ‘सोनु निगम लाइभ इन नेपाल’मा मुख्य प्रायोजक बन्ने घोषणा गरेको छ ।
कला, संस्कृति र अद्वितीय अनुभवसँगको सम्बन्धलाई आत्मसात् गर्दै दिपलले आउँदो पुस १० गते हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’मा मुख्य प्रायोजक बन्ने घोषणा गरेको हो ।
नेपाली टच इभेन्ट्सले हायात् ग्राउन्डमा आयोजना गर्न लागेको कन्सर्टमा दिपलको सहभागितालाई औपचारिकता दिन सोमवार एमएडब्लु वृद्धि अटोकर्पका कार्यकारी प्रबन्ध निर्देशक विवेक सिकारिया र आयोजक नेपाली टच इभेन्ट्सका प्रबन्ध निर्देशक राजगोस्वामीले एमओयुमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा कलाकार तथा दिपलका प्रमोटर सन्दिप क्षेत्री पनि सहभागी थिए ।
प्रबन्ध निर्देशक सिकारियाले कन्सर्टको मुख्य प्रायोजकका रूपमा दिपललाई उभ्याउन पाउँदा हर्षित भएको बताए । उनले प्रिमियम र अविष्मरणीय अनुभव दिलाउने दिपलको उद्देश्यमा रहेर नेपाली स्रोतामाझ गायक सोनु निगमलाई ल्याउन लागेको बताए ।
नेपाली टच इभेन्ट्सका राजगोस्वामीले दिपलसँगको यो पार्टनरशिप प्रिमियम ब्रान्ड र विश्वस्तरीय मनोरञ्जनबीचको समन्वयको प्रमाण रहेको बताए ।
नेपालमा सार्वजनिक भएको केही समयमै आफ्नो फ्युचरिस्टिक डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय फिचरका कारण ईभी बजारमा नयाँ मापदण्ड स्थापित गरेको दिपल हालसम्म ६५० भन्दा बढी विक्री भएको बताइएको छ ।