काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतवार (आज) दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
ओरियण्टल होटल्स र सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेपछि नेप्सेले यी कम्पनीको शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले ओरियण्टल होटल्सको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको छ । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ९८० दशमलव ९५ कायम भएको छ । नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ३० मा अन्तिम कारोबार भएको थियो ।
त्यस्तै, नेप्सेले सिईडिबि हाइड्रोपावरको ११ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. १ हजार ८२९ दशमलव ७३ कायम भएको छ । नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ३१ मा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यलाई आधार मानेर सोमवार (भोलि) यी दुई कम्पनीको शेयर कारोबार खुल्नेछ ।