काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडका सञ्चालक संजिव प्रधानको राजीनामा स्वीकृत भएको छ । बैंक सञ्चालक समिति बैठकले असोज ५ बाट लागू हुने गरी प्रधानको राजीनामा स्वीकृत गरेको नेप्सेमार्फत जानकारी दिइएको छ ।
सञ्चालक प्रधानले व्यक्तिगत कारण देखाउँदै गत भदौ २६ गते सञ्चालक पदबाट राजीनामा दिएका थिए । उनी सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए ।