काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको ९ प्रतिशत प्रतिशत र एनआरएनको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात एनआरएनको शेयर मूल्य रू. १ हजार ६१ दशमलव ९० र फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको रू. ७३१ दशमलव १९ कायम भएको छ ।
नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी दुबै कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
बिहीवार दोस्रो बजारमा फस्र्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. ७९७ मा र एनआरएनको रू. १ हजार ११५ मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर यी कम्पनीको शेयर आगामी आइतवार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।