काठमाडौं। एभरेडी इण्डष्ट्रिज इण्डिया लिमिटेडले आफ्नो पछिल्लो उत्पादन नयाँ र सुधारिएको अल्टिमा अल्कालाइन ब्याट्री तथा डिएल १०२ साइरन टर्च बजारमा ल्याएको छ । यी उत्पादनले एभरेडीको उत्कृष्टता, अनुसन्धान र सामाजिक प्रभाव प्रतिको प्रतिबद्धतालाई दर्शाएको कम्पनीको दाबी छ । नयाँ अल्टिमा शृंखलाले ४०० गुणा बढी कार्यक्षमता प्रदान गर्ने बताइएको छ । खेलौना, भिडियो गेम र चिकित्सकीय औजार जस्ता उच्च शक्ति खपत गर्ने उपकरणका लागि विशेष रूपमा डिजाइन गरिएको यी ब्याट्री अल्कालाइन प्रविधिमा एभरेडीको उत्कृष्टताको प्रमाण भएको कम्पनीको भनाइ छ ।
यसमा १०० डेसिबल एसओएस अलार्म, युएसबि टाइप–बिको चार्जिङ र विभिन्न थरीका प्रकाश फ्याँक्ने विशेषता रहेको बताइएको छ । एभरेडी इण्डष्ट्रिज एण्डियाका एसबियु प्रमुख (ब्याट्रीज एण्ड फ्ल्यासलाइट) तथा बरिष्ठ उपाध्यक्ष अनिर्वाण बेनर्जीले दुवै आविष्कारले ग्राहकको बढ्दो आवश्यकतालाई परिपूर्ति गर्न उत्कृष्ट कार्यक्षमता प्रदान गर्ने बताए ।