चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ‘म्यानुफ्याक्चरिङ प्रोडक्शन इन्डेक्स’मा अघिल्लो वर्षको सोही अवधिको तुलनामा सुधार भएको छ । गत आव २०६८/६९ का समग्र सूचकको तुलनामा पनि गएको ३ महीनामा सुधार भएको देखिएको छ । आव ६८/६९ मा यो समग्र परिसूचक १ सय ९ दशमलव २८ बिन्दुमा रहेकोमा यस आवको प्रथम त्रैैमासमा १ सय ११ दशमलव शून्य ६ अंक पुग्यो ।
मुलुकको अवस्थाका कारण औद्योगिक–व्यावसायिक तरल राजनीतिक वातावरण नकारात्मक हुँदा पनि औद्योगिक उत्पादन परिसूचकांकले सकारात्मक सन्देश दिनु सन्तोषप्रद छ । विकास निर्माणमा प्रत्यक्ष प्रभाव पार्ने सिमेण्ट, स्टील, काठलगायतको उत्पादन यस अवधिमा घटेको देखिएको छ । मुलुकमा पूर्ण बजेट नआएको, पूँजीगत खर्च हुन नसकेको कारणले विकास निर्माणका क्रियाकलाप घटेको यो परिसूचकले देखाएको छ ।
(सम्पादकीयबाट)
वर्ष ८, अंक १२६, बुधवार, १० माघ, २०६९