काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट ३० ले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको न्याभ माघ महीनाको तुलनामा फागुन महीनामा वृद्धि भएको छ । माघ मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ १० पैसा रहेकोमा फागुन मसान्तमा बढेर ११ रुपैयाँ ११ पैसा पुगेको हो ।
न्याभसँगै फण्डको नाफा पनि वृद्धि भएको छ । माघ मसान्तमा फण्डले रू. १ करोड ५४ लाख नाफा कमाएकोमा फागुन मसान्तमा बढेर रू. १ करोड ७१ लाख पुगेको हो । फागुन महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । माघ मसान्तमा फण्डको जम्मा आम्दानी रू. ३ करोड ५ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ३ करोड ३२ लाख पुगेको छ ।
त्यस्तै यस फण्डले फागुन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ८४ करोड ८९ लाख लगानी गरेको छ । यो लगानी माघ मसान्तमा भने रू. ८१ करोड १४ लाख थियो । फागुन मसान्तसम्ममा फण्डको मुद्दति निक्षेपमा रू. १९ करोड २५ लाख रहेको छ । सो अवधिमा फण्डको बैंक मौज्दात रू. ३१ करोड ८ लाख छ ।