काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट ३० ले जेठ मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले जेठ मसान्तसम्ममा रू. ३४ लाख ७७ हजार नाफा कमाएको छ । वैशाख मसान्तसम्ममा भने फण्ड रू. ५ करोड ४९ लाख नोक्सानीमा थियो ।
जेठमा फण्ड रू. २ करोड ४८ लाख आम्दानी गर्न सफल भएकाले नाफामा गएको हो । वैशाख मसान्तमा भने फण्डको जम्मा आम्दानी रू. ३ करोड ५७ लाख थियो । नाफासँगै फण्डको न्याभ पनि बढेको छ । वैशाख मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ९७ पैसा रहेकोमा जेठ मसान्तमा बढेर १० रुपैयाँ ४३ पैसा पुगेको छ ।
त्यस्तै फण्डले सूचीकृत धितोपत्रमा लगानी पनि बढाएको छ । जेठमा फण्डले सूचीकृत धितोपत्रमा रू. ४१ करोड ४० लाख लगानी गरेकोमा जेठमा बढाएर रू. ४९ करोड ५९ लाख पुर्याएको छ ।