काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट ३० ले असोज महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार फण्डले असोज महीनामा सूचीकृत शेयरमा रू. १९ करोड १५ लाख लगानी गरेको छ । यो लगानी भदौ मसान्तसम्ममा रू. १९ करोड २८ लाख थियो । फण्डको न्याभ भने भदौको तुलनामा असोज महीनामा बढेको छ । भदौ महीनामा फण्डको न्याभ रू. ९ दशमलव ८९ रहेकोमा असोज मसान्त सम्ममा रू. ९ दशमलव ९३ पुगेको हो ।
भदौ महीनाको तुलनामा असोज महीनामा फण्डको नोक्सानी घटेको छ । भदौ मसान्त सम्ममा फण्डले रू. ६ करोड ४७ लाख नोक्सानी व्यहोरेकोमा असोज मसान्तसम्ममा रू. ५ करोड ९६ लाखमा झरेको हो । असोज महीनामा फण्डको आम्दानीमा सुधार आएसँगै नोक्सानी घटेको हो । फण्डको बैंक मौज्दातामा रू. ९१ करोड ३० लाख रहेको छ ।