काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड-इ र एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्डको इकाई कारोबार सातामा ५ दिन मात्रै हुने भएकाे छ ।
यसअघि एनएमबि सरल बचत फण्ड-इ योजनाकाे इकाईहरूकाे काराेबार सातामा ६ दिन (आइतवारदेखि शुक्रवारसम्म ) हुँदै आएकाेमा अब सातामा ५ दिन (आइतवारदेखि बिहीवारसम्म) मात्रै हुने भएकाे हाे ।
उक्त काराेबार सातामा ५ दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुने जानकारी दिइएको छ । योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
त्यसैगरी एनआईबिएल सहभागिता फण्डका इकाईहरूकाे काराेबार पनि सातामा ५ दिन (आइतवारदेखि बिहीवारसम्म) बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुने जानकारी दिइएको छ । योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।