काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ मा ३ करोड ६४ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा १८ करोड ८७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीको गत वर्ष उक्त नाफा १५ करोड २३ लाख रुपैयाँभन्दा बढीले घटेको हो ।
अघिल्लो आर्थिक वर्षमा २६ करोड १६ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत आर्थिक वर्षमा ५ करोड ८७ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो । गत आर्थिक वर्षमा कम्पनीको इम्पेयरमेन्ट चार्ज बापत्को रकम फिर्ता भएको छ । इम्पेयरमेन्ट चार्जबापत् गत आर्थिक वर्षमा २ करोड ५३ लाख रुपैयाँभन्दा बढी फिर्ता भएको कम्पनीले सार्वजनिक गरेको वार्षिक वित्तीय विवणमा उल्लेख छ ।
यस कम्पनीले साउन ४ देखि ८ गतेसम्म प्रतिशेयर १०० रुपैयाँमै एफपीओ निष्कासन गरेको छ । एफपीओ बाँडफाँटपछि कायम चुक्ता पूँजी ९१ करोड ५४ लाख ५५ हजार रुपैयाँको आधारमा १४ दशमलव ००५१४३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले साउन ३२ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । गत असार मसान्तसम्म कम्पनीको रिटर्न अर्निग १५ करोड ७६ लाख रुपैयाँभन्दा बढी छ भने जगेडा कोष रकम ३४ करोड २० लाख रुपैयाँभन्दा बढी छ ।