काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा ब्याज छूट दिने भएको छ । कम्पनीबाट जारी गरिएका तथा नियमित रूपमा बीमाशुल्क भुक्तानी नगरेको कारण जेठ १६ गतेसम्म व्यतित भएका बीमालेखहरूमा ब्याज छूट प्रदान गरिने भएको हो ।
कम्पनीले जेठ १७ गतेदेखि असार २५ गतेसम्म उक्त बीमालेखहरू पुनर्जागरण गराउने बीमितहरूलाई लाग्ने ब्याजमा २५ प्रतिशतदेखि १०० प्रतिशतसम्म छूट दिने जनाएको छ ।
जसमा २ वर्षदेखि ५ वर्षभन्दा कम अवधिको लागि २५ प्रतिशत, ५ वर्षदेखि १० वर्षभन्दा कम अवधिको लागि ५० प्रतिशत र १० वर्षदेखि माथि अवधिको लागि १०० प्रतिशत छूट प्रदान गरिने कम्पनीले जनाएको छ ।
साथै दुई वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएका अवस्थामा कुनै पनि ब्याज छूट प्रदान नगरिने र २०७८ असार २३ पश्चात् एकपटक ब्याज छूट लिइसकेका बीमितहरूलाई पुनः ब्याज छुट नदिइने कम्पनीले जनाएको छ ।