काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा ब्याज छूटको व्यवस्था गरेको छ । कम्पनीले व्यतित बीमालेख पुनर्जागरण वा नवीकरण गराउँदा ५० प्रतिशतसम्म ब्याज छूटको व्यवस्था गरेको हो ।
कम्पनीले २०८१ कात्तिक मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महीना नाघेका (पूर्ण व्यतित भएका) बीमालेखहरूमा मंसिर २० गतेदेखि पुस १९ गतेभित्र नवीकरण गर्ने बीमितहरूलाई छूट प्रदान गरिने जनाएको छ ।
कम्पनीले ५ वर्षदेखि माथिको अवधिका लागि ५० प्रतिशत र २ वर्षदेखि ५ वर्षभन्दा कम अवधिका लागि २५ प्रतिशत ब्याज छूटको व्यवस्था गरेको छ ।