काठमाडौं। निओ मनि ट्रान्सफरले गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । सुपतसँगको सहकार्यले नेपालमा र विदेशमा रहेका नेपालीका लागि कम्पनीको छिटो, भरपर्दाे, सुलभ र सुरक्षित रेमिट्यान्स सेवाका साथै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने र चेतना जगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कम्पनीले आफ्नो नवीन प्रविधि र व्यापार मोडेलको साथ सबैभन्दा कम शुल्क र प्रतिस्पर्धी विनिमय दरमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको बताएको छ । ब्रान्ड एम्बासडरका रूपमा गायक सपुतको नियुक्ति रेमिट्यान्स व्यवसायको सन्दर्भमा कम्पनीलाई सामान्य घर परिवारको नामको रूपमा चित्रण गर्ने रणनीतिक कदम भएको कम्पनीको भनाइ छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सागर खनालले रेमिट्यान्स सेवालाई सबै नेपालीका लागि थप किफायती र पहुँचयोग्य बनाउने लक्ष्यलाई प्रवर्द्धन गर्नका लागि गायक सपुतसँग साझेदारीले उत्साहित भएको बताए ।