काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानडाबीच विभित्र बंैकिङ सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंकका व्यवसाय प्रमुख हिमादर मड्पित्लाले हस्ताक्षर गरेका छन् ।
यो सम्झौतासँगै नेपालबाट अध्ययनका लागि क्यानडा जाने विद्यार्थी, स्थायी रूपमा क्यानडा बसाइ सरी जाने आप्रवासी तथा फेडरल स्किल्ड वर्करले आईसीआईसीआई बैंकको विभिन्न बैंकिङ सेवा उपभोग गर्न तथा क्यानडाबाट नेपालमा रेमिट्यान्स पठाउन/प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ । बैंकका ३५४ शाखा, ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ इकाइ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजारभन्दा बढी सेवा केन्द्र छन् ।