काठमाडौं। मेटलाइफ नेपालले ग्राहकलाई विलम्ब शुल्कमा छूट दिने भएको छ । ग्राहकको बीमालेख पुनर्जागरण अभियान मार्फत पाँच वर्षसम्मको व्यतीत जीवन बीमालेखका लागि विलम्ब शुल्कमा शतप्रतिशत र पाँच वर्षभन्दा बढी समय पुगेका व्यतित बीमालेखका लागि ६० प्रतिशत छूट प्रदान गरिने बताइएको छ ।
यस पहलले आर्थिक कठिनाइको सामना गरिरहेका बीमालेख धारकलाई उनीहरूको बीमा सुरक्षा पुन:स्थापित गर्न र उनीहरूको भविष्यको सुरक्षा गर्न सुविधा दिने उद्देश्य कम्पनीको छ । कम्पनीको वेबसाइटमा पुनर्जागरण फारम उपलब्ध गराइएको बताइएको छ । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले यो अभियानले ग्राहकलाई अप्रत्याशित जोखिम र चुनौतीबाट जोगाउन मद्दत गर्ने कम्पनीको प्रतिबद्धता झल्काउने बताए ।