काठमाडौं। ज्योति विकास बैंकका ग्राहकलाई ठमेल प्लाजा होटल एण्ड स्वीट्स’ अन्तर्गतका दुईओटा होटलले छूट दिने भएका छन् । बैंकले काठमाडौंको ठमेलस्थित ‘रमादा इन्कोर’मा १५ प्रतिशत र पोखराको लेकसाइडस्थित ‘दहलिया बुटिक होटल’मा १० प्रतिशत छूट दिने सम्झौता भएको छ । सम्झौतापश्चात् बैंकका ग्राहकले यी दुई होटलमा खाना तथा रूम चार्जमा छूट पाउनेछन् । बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायसँग पनि निरन्तर सहकार्य गर्दै ग्राहकलाई छूट सुविधा प्रदान गर्दै आएको छ ।
बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको बताएको छ । ‘स्वस्थ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो’ भन्ने मान्यतालाई शिरोधार्य गर्दै बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथामका लागि विभिन्न स्वास्थ्य संस्थालाई ४७ बेबी वार्मर उपकरण सहयोग गरेको बताइएको छ । यसबाट हरेक वर्ष करीब १ हजार ७१५ भन्दा बढी नेपाली शिशुको जीवन रक्षामा सहयोग पुगेको बैंकको भनाइ छ ।