काठमाडौं। कुमारी बैंकले तिहार, किजा पूजा तथा छठ पर्वका अवसरमा क्यासब्याक अफर ल्याएको छ । कात्तिक १४ देखि २२ गतेसम्मका लागि बैंकले ‘तिहार तथा छठ क्यासब्याक अफर’ ल्याएको हो । भाइटीका तथा किजा पूजाकोे दिनमा मोबाइल बैकिङबाट रकम ट्रान्सफर गर्ने पहिलो एक हजार सेवाग्राहीले आफूले ट्रान्सफर गरेको रकमको २५ प्रतिशत वा अधिकतम रू. ५० क्यासब्याक प्राप्त गर्ने बताइएको छ ।
त्यस्तै अन्य ८ दिन बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत वस्तु तथा सेवा खरीद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरीद मूल्यको २५ प्रतिशत वा अधिकतम रू. ५०१ बराबरको क्यासब्याक प्राप्त गर्र्नेछन् ।
लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजेदेखि राति ११ बजेर ५९ मिनेटसम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराइने बताइएको छ । यस अफरले सेवाग्राहीमा चाडबाडमा हुने वित्तीय कारोबार विद्युतीय भुक्तानीका माध्यमबाट गर्न आकर्षित गरी डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकको छ ।