काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्टले छूट दिने भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई १५ प्रतिशत छूट उपलब्ध गराउने समझदारी भएको हो । उक्त समझदारीमा बैंकका प्रमुख बजार व्यवस्थापक दिलीप पोखरेल र रिसोर्टका सेल्स मेनेजर सम्झना प्रसाईंले् हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार बैंकका ग्राहकले रिसोर्टमा उपलब्ध सेवा खाना तथा पेय पदार्थ, देभराना स्पा, स्वीमिङ पुल, ज्याक्कुजी, स्टिम र सौनाको प्रयोग वापतको भुक्तानी बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा उक्त छूट पाउने भएका हुन् ।
ग्राहकको सुविधालाई ध्यानमा राखी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक ‘युरो मनी अर्वाड फर एक्सलेन्स २०२४’ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो ।