काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालका सेवामा २५ प्रतिशतसम्म छूट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटी र अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेलले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार अस्पतालले बैंकका डेबिट/क्रेडिट कार्ड एवं मोबाइल एप प्रयोगकर्तालाई अस्पतालको सेवा तथा औषधि उपचारमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्म छूट प्रदान गर्नेे भएको हो । अस्पतालले बैंकका ग्राहकलाई अस्पतालको सामान्य बेड, प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासोनोग्राफी, ओपीडी, अपरेशन लगायतका सेवामा उक्त छूट दिने भएको हो । यस साझेदारीपश्चात् बैंकका ग्राहकले गुणस्तरीय स्वास्थ्य सेवा सुविधा उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधा विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।