काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा सोमवार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिका लागि बैंकले सातओटै प्रदेशका मुख्य मुख्य शहरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको बताइएको छ । पुस १८ गतेदेखि ग्लोबल आइएमई बैंक स्थापनाको १९औं वर्षमा प्रवेश गर्दैछ । काठमाडौंमा आयोजित प्रभातफेरीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरू, बैंक उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरूको उपस्थिति थियो ।
वित्तीय साक्षरता तथा बैंकिङ शिक्षामूलक प्लेकार्ड तथा व्यानरसहित प्रभातफेरीका सहभागीले काठमाडौंको कान्तिपथस्थित शाखा कार्यालयबाट शहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौं उपत्यका बाहिर मुख्यमुख्य शहर परिक्रमा गरेका थिए । बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । साथै, बैंक विभिन्न राष्ट्रिय तथा अन्तररष्ट्रिय संघसंस्थाबाट फरकफरक विधामा सम्मानित हुँदै आएको छ ।