काठमाडौं । ग्लोबल आइएमई बैंकले लिमिटेडले जारी गरेको ५ वर्षे अवधिको वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको ग्लोबल आइएमई बैंक लिमिटेड २०८० /८१ नामक ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी गर्ने भएको छ ।
बैंकले जारी गरेको १५ लाख कित्ता डिबेञ्चरको समयावधि यही चैत २७ गते समाप्त हुने भएकाले डिबेञ्चरको साँवा र तिर्न बाँकी ब्याज रकम एकमुष्ठ २०८१ वैशाख २ गतेदेखि भुक्तानी गर्ने जानकारी दिएको हो ।
डिबेञ्चरधनीको साँवा तथा ब्याज भुक्तानी गर्दा निजहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा आईपीएसमार्फत जम्मा गरिने भएकाले बैंक खाता र प्यान नम्बर यथाशीघ्र अद्यावधिक गर्न बैंकले अनुरोध गरेको छ ।
बैंक खाता अद्यावधिक नगरेको कारण हालसम्म पनि ब्याज रकम भुक्तानी हुन नसकेको डिबेञ्चरधनीको नामावली ग्लोबल आइएमई क्यापिटलको वेबसाइटमा राखिएकाले पनि बैंकले जनाएको छ । शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ ।