काठमाडौं। सिद्धार्थ बैंकले विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले विभिन्न कार्यक्रम गरी ‘ग्लोबल मनी विक २०२५’ मनाएको छ । ग्लोबल मनी विकको नारा ‘थिंक बिफोर यु फलो, वाइज मनी टुमरो’लाई सार्थक बनाउने प्रयास स्वरूप बैंकले विभिन्न विद्यालय एवं क्याम्पस गरी २४ स्थानमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको होे । बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराई विद्यार्थीमा वित्तीय ज्ञान, शीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रममा १ हजार २१२ जना विद्यार्थी सहभागी भएको बताइएको छ । साथै, विद्यार्थीलाई बैंकको आधारभूत बैंकिङ सञ्चालन र विभिन्न बैंकिङ माध्यमसम्बन्धी व्यावहारिक रूपमा शिक्षा प्रदान गर्ने उद्देश्यले ४४८ जना विद्यार्थीलाई बैंकका विभिन्न शाखाको भ्रमण गराइएको थियो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.