काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश चन्द्र अधिकारीको नियुक्ती खारेज भएको छ । चैत ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सिइओ अधिकारीको नियुक्तीलाई खारेज गर्ने निर्णय गरेको हो । गत पुस १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
पुस १८ गतेदेखि लागू हुने गरी चार वर्षे कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको कम्पनीले सिइओ अधिकारीले कार्य गर्न असमर्थता व्यक्त गरेकाले नियुक्ती खारेज गर्ने निर्णय गरेको जानकारी दिएको हो । उनको नियुक्तिका सम्बन्धमा सञ्चालक समितिको सर्वसम्मत निर्णय नभएको समेत कम्पनीले नेप्सेमार्फत सूचना जारी गर्दै प्रष्ट पारेको छ ।