काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक समूहको ५५ हजार ३३६ कित्ता शेयर विक्रीमा राखेको छ ।
कम्पनीले संस्थापक शेयरधनी दिपेन्द्र अग्रवालको नाममा रहेको ४८ हजार ७७३ कित्ता र भक्त बहादुर राईको नाममा रहेको ६ हजार ५६३ कित्ता शेयर विक्रीमा राखेको हो ।
यी शेयर हाल कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउनेछन् । शेयर खरीद गर्न इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र डिल्लीबजारस्थित कम्पनीको मुख्य कार्यालयमा निवेदन दिनु पर्नेछ ।
साथै तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरीदका लागि आवेदन नआएमा सो शेयर सर्वसाधारणमा विक्री गर्ने कम्पनीले जनाएको छ ।