वैशाख २७, काठमाडौं । गोर्खाज फाइनान्सले २७औं वार्षिक साधारण सभा जेठ २७ बोलाएको छ ।
कम्पनीको वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा अनुपम फुडल्यान्ड एण्ड ब्यांक्वेट, बानेश्वर काठमाडौंमा बिहान ११:३० बजे शुरु निर्णय गरेको हो ।
कम्पनीले यसपटक पनि शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश वितरण नगर्ने जानकारी दिएको हो ।
सधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १२ गतेबाट जेठ २७ गतेसम्म बुक क्लोज गर्दैछ । बुक क्लोजको आधारमा जेठ ११ गतेसम्म कायम शेयरधनीले कम्पनीको सभामा भाग लिन सक्नेछन् ।