काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. १४ करोड ६७ लाख नाफा कमाएको छ ।
यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा २८ दशमलव ८१ प्रतिशत घटेको हो । सो अवधिमा कम्पनीले रू. २० करोड ६१ लाख नाफा कमाएको थियो । गत आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी घटेकाले नाफा घटेको हो ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ८० रुपैयाँ ८३ पैसा रहेकोमा गत आवमा घटेर ५७ रुपैयाँ ५५ पैसामा झरेको हो । गत आवमा कम्पनीको वितरणयोग्य नाफा रू. १० करोड ४९ लाख छ । यस वितरणयोग्य नाफाको आधारमा कम्पनीको लाभांश क्षमता ४१ प्रतिशत छ ।
कम्पनीको चुक्ता पूँजी रू. २५ करोड ५० लाख रहेको छ । गत आवमा कम्पनीले जगेडामा रू. २५ करोड ५१ लाख र रिटेन्ड अर्निङमा रू. ४७ करोड ३२ लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ३५ दशमलव ५२ गुणा, तरलता अनुपात ३९ दशमलव ३५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ३२९ दशमलव ७२ छ ।