काठमाडौं । लगातार सात कारोबार दिनमा ७३ दशमलव ३३ प्रतिशत शेयर मूल्य बढेको गुराँस लघुवित्त वित्तीय संस्थाको आइतवार भने नेगेटिभ सर्किट लागेको छ । आइतवार कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो ।
शेयर मूल्य प्रतिकित्ता रू. २ हजार १०६ मा कायम भएको थियो । कम्पनीको शेयर मूल्य लगातार सात दिन देखि उच्च दरमा वृद्धि हुदै आएको थियो । आइतवार भने विक्रेता हाबी हुँदा शेयर मूल्य घट्यो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजा र ३५० देखि २ हजार ३४० सम्म पुगेपछि विक्रेता हाबी भएका हुन ।