काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।
कम्पनीले ५९ लाख १५ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।
कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।
सेबोनबाट स्वीकृति पाएपछि मात्रै कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दका लागि आईपीओ निष्कासन गर्नेछ भने त्यसपछि बैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।