काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिकोत्सव विभिन्न उपलब्धिमूलक कार्यक्रम गर्दै सफलतापूर्वक सम्पन्न भएको छ । कम्पनीले बीमाको दायरा फराकिलो बनाउँदै, जोखिम व्यवस्थापनको क्षमता विस्तार गर्दै र ग्राहक सेवामा नवीनता थप्न सफल भएको बताइएको छ ।
कम्पनीले व्यक्तिगत, कर्पोरेट तथा कृषि बीमा उपलब्ध गराउँदै आएको छ । कम्पनीले डिजिटल माध्यमबाट बीमाको दाबी सजिलै गर्न मिल्ने ‘स्मार्ट क्लेम’ सेवा पनि उपलब्ध गराएको बताइएको छ । कम्पनीले हालै सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा ‘डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र ‘स्ट्राटेजिक पार्टनरशिप अफ द इयर–नेपाल’ अवार्ड प्राप्त गरेको बताइएको छ ।
वार्षिकोत्सवको अवसरमाकम्पनीका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीन दशकको यात्रामा नवीनता, पारदर्शिता र ग्राहक केन्द्रित सेवामा ध्यान दिँदै आएको बताए । कम्पनीका फाउन्डिङ एमडी एवं अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले ग्राहकलाई थप मूल्य प्रदान गर्न, प्रविधिगत क्षमतालाई सुदृढ गर्न र नेपालको आर्थिक तथा सामाजिक विकासमा अर्थपूर्ण योगदान पुर्याउन कम्पनी केन्द्रित रहने बताए ।