काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहतर्फको ३ लाख ७७ हजार २३९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।
उक्त शेयर खरीद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले (असोज १८ गते) ३५ दिनभित्र कम्पनीको काठमाडौं, हात्तीसारस्थित केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् ।
उक्त अवधिमा कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति संस्था वा सर्वसाधारणका लागि शेयर विक्री गर्ने जनाएको छ ।