काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको बिहीवार (कात्तिक २९ गते) बसेको सञ्चालक समिति बैठकले २ बरावर १ को अनुपात अर्थात् ५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृति, यस कम्पनीको साधारण सभाबाट पारित र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति भएपछि शेयरधनीलाई हकप्रद जारी हुनेछ । कम्पनीले बैंकको ऋण तिर्नलाई हकप्रद विक्री गर्न लागेको हो ।
हाल यस कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६ करोड ५४ लाख छ ।