विराटनगर। सीजी मोटर्सले विराटनगरमा हिरो कम्पनीको एक्सट्रिम सिरिज अन्तर्गतका एक्सट्रिम १२५ आर र एक्सट्रिम १६० फोरभी आरको क्षेत्रीयस्तरमा विक्री शुरू गरेको छ । विक्रीको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउत, महासंघका कोषाध्यक्ष सुवास आचार्य, विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की लगायतले संयुक्त रूपमा मोटरसाइकल सार्वजनिक गरेका हुन् ।
हिरो मोटरसाइकलको विराटनगरस्थित आधिकारिक विक्रेता लक्ष्मी ट्रेडिङ हाउस प्रालिका प्रबन्ध निर्देशक सन्तोष सिग्देलले यी मोटरसाइकल आधुनिक सुविधा सहितको शक्तिशाली, आकर्षक र उत्कृष्ट मोडलमा रहेको बताए । सार्वजनिक गरिएका दुवै मोडेल नवलपरासीस्थित सीजी इन्डष्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा निर्माण गरिएको बताइएको छ । सार्वजनिक गरिएको एक्सट्रिम १६० आर फोरभी (प्रो) को मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ र एक्सट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९०० रुपैयाँ रहेको बताइएको छ ।