चितवन। नेपालमा डोङफेङ ईभीको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले बागमती प्रदेशको चितवनमा आफ्नो प्रिमियम र स्मार्ट ईभी नामी सार्वजनिक गरेको छ ।
आइतवार उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठ, युरो अटोमोटिभका प्रबन्ध निर्देशक कपिलसागर कर्माचार्य, एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त र विक्री प्रमुख राजेन्द्र सिग्देल, चेम्बर अफ कमर्स चितवनका अध्यक्ष गोपाल भट्टराई लगायतले संयुक्त रूपमा नामी ईभी सार्वजनिक गरेका हुन् ।
आफ्नो सेगमेन्टमा सबैभन्दा विलासी र इन्टेलिजेन्ट कार नामी ईभी ह्याचब्याकको रूपमा वर्गीकृत भए पनि यसको आकार प्रतिस्पर्धीहरूको तुलनामा ठूलो रहेको कम्पनीको भनाइ छ । कार्यक्रममा एमएडब्लू वृद्धिका बिजनेस हेड प्रशन्न पन्तले नामी ईभीले देशभरका ग्राहकबाट व्यापक स्वीकारोक्ति र प्रशंसा पाएको बताए ।
यसको आकर्षक डिजाइनमा विलासी भित्री भाग र उन्नत स्मार्ट प्रविधि निर्बाध रूपमा एकीकृत गरिएको बताइएको छ । ह्याचब्याक नामी इवान, नामी इटू र नामी इथ्री गरी तीन भेरियन्टहरूमा उपलब्ध यी गाडीको मूल्य रू. ३० लाख २४ हजारदेखि ३५ लाख ९९ हजारसम्म रहेको बताइएको छ ।