काठमाडौं । भृकुटीमण्डपमा दुई पांग्रे एक्स्चेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ चलिरहेको छ ।
उक्त उत्सवमा कुनैपनि ब्रान्डको मोटरसाइकल वा स्कुटर सहज रूपमा एक्स्चेन्ज गर्न सकिने विशेष अवसर प्रदान गरिएको एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले जानकारी दिए ।
एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले गत बिहीवार उक्त उत्सवको उद्घाटन गरेका थिए ।
उक्त उत्सवमा विभिन्न अफरहरू सार्वजनिक गरिएका छन् ।
यस्ता छन् विशेष अफरहरू
- कुनैपनि ब्रान्डको कुनै पनि बाइक साटफेर गर्न सकिने ।
- कुनैपनि यामाहा बाइक वा स्कुटरमा रु. ५० हजारको न्यूनतम मूल्यांकन ।
- अन्य कुनै पनि ब्रान्डमा रु. २५ हजार न्यूनतम मूल्याङ्कन (ट्याक्स क्लियरेन्स अनिवार्य) ।
- एक्स्चेन्जमा अतिरिक्त रु. १० हजार मूल्याङ्कन बोनस ।
- कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९% को फाइनान्सिङ ।
- यामाहा थ्रिल अफ थ्री योजनाको साथ रु. १ लाखसम्म नगद छूट ।
- थ्रिल अफ थ्री विज्ञापन सेयर गरी रु. १ हजार जित्ने अवसर ।
- विज्ञापनको स्क्रिनसट देखाई रु. ५० हजारसम्म नगद छुट जित्ने अवसर ।
- यामाहा खरीद गरी रु. १ लाखसम्म नगद छुट जित्ने अवसर ।
बाइक बाहेकका आकर्षणहरू
- डुअर प्राइजमा स्मार्ट हेलमेटहरू जित्ने मौका ।
- कुनैपनि यामाहा मोडेलको टेस्ट राइड गरेर रोमाञ्चक उपहारहरू घर लैजाने अवसर ।
- गेमिङ जोन, एक्शन–प्याक फन र प्रतियोगिताहरू ।
- फेस पेन्टिङ ।
- महेश काफ्ले र अस्मिता अधिकारीको प्रस्तुति ।
- फ्री एक्सेसरिज ।
फेस्टमा अन्य लाभहरू पनि समावेश हुने कम्पनीले जनाएको छ । प्रदर्शनीमा नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर रेडेडआर १२५ एफआई प्रमुख आकर्षण रहने बताइएको छ । यस्तै, आर१५ भि४, एमटी–१५ भि२, एरोक्स १५५, एफजेड भी३ सिरिज, र डब्लुआर १५५ आर जस्ता मोडेलहरू पनि प्रदर्शनीमा राखिएका छन् ।
यी मोडलहरुले सहरी सवारीसाधन खोज्ने ग्राहकदेखि अफ–रोड रोमाञ्चक यात्रा मन पराउनेहरूको आवश्यकता पूरा गर्ने कम्पनीको भनाइ छ ।