अहिले मुलुकभर करीब १२ लाखभन्दा बढी सार्वजनिक सवारीसाधन गुड्छन् । तीमध्ये करीब ६ लाख सार्वजनिक सवारीसाधन काठमाडौंमै छन् । यति धेरै सवारीसाधनका कारण काठमाडौंको ट्राफिक अस्तव्यस्त भइरहेको छ । यातायात व्यवस्था विभागले ट्राफिक व्यवस्थामा सुधार गर्न लागेको छ भन्ने कुरा हामीलाई बेलाबेलामा जानकारी गराउने गरेको छ । यसको अर्थ अब सरकार थप सवारीसाधनलाई रूट पर्मिट नदिने मनसायमा रहेको बुझिन्छ । काठमाडौंमा सार्वजनिक सवारीसाधन र निजी सवारीसाधनका कारण पैदलयात्रीले सहज रूपमा यात्रा गर्न पाएका छैनन् ।
(नेपाल यातायात व्यवसायी महासंघका महासचिव डोलनाथ खनालसँगको कुराकानीबाट) वर्ष ८, अंक ८४, बुधवार २७ मङ्सिर, २०६९