काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्रोग्रेसिभ फाइनान्स लिमिटेड १ करोड ३० लाखभन्दा बढी खुद नोक्सानीमा गएको छ ।
गत वर्षको यस अवधिसम्म रू. २ करोड ४१ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनी यस वर्ष इम्पेरमेन्ट चार्ज बढ्दा नोक्सानीमा गएको हो । गत वर्ष रू. २६ लाखभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष रू. ४ करोड ३० लाखभन्दा बढी पुगेको छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. २ करोड ५४ लाखभन्दा बढी ऋणात्मक रहेको छ । चुक्तापूँजी रू. ८४ करोड ८१ लाख ६ हजार रहेको कम्पनीको जगेडा कोष रकम रू. ८ करोड ६८ लाखभन्दा बढी रहेको छ ।
दोस्रो त्रैमाससम्म रू. ४ अर्ब ६६ करोड ८७ लाखभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले रू. ३ अर्ब ६९ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
गत वर्ष ३ दशमलव ६४ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष बढेर ४ दशमलव ९१ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०८ दशमलव ७८ रहेको छ ।