काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका सेवाहरु केही समयका लागि अवरुद्ध हुने भएका छन् ।
चैत १ गते दिनको ३.३० बजेपछि आफ्नो एक सर्भरमा प्राविधिक समस्या देखिएपछि मेमोरी रिप्लेसमेन्ट कार्यलाई अघि बढाउने भएकाले सेवाहरु अवरुद्ध हुने सिडिएससिले जनाएको छ ।
सोही कारण सिडिएससिका शेयर, सि–आस्बा, सि–केवाईसी लगायतका विभिन्न सेवाहरू केही समयका लागि अवरुद्ध हुनेछन् ।