काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी पहिलो त्रैमासमा रू. ३ करोड ४५ लाख नोक्सानीमा छ ।
गत आवको पहिलो त्रैमासमा भने कम्पनीले रू. १ करोड ४९ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले कम्पनी नोक्सानीमा गएको हो । गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. १ करोड २५ लाख रहेकोमा चालू आवमा रू. ४ करोड ५४ लाखभन्दा बढी छ ।
कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४ दशमलव ८६ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. ८ करोड ४४ लाख रहेकोमा चालू आवमा रू. ९ करोड ६९ लाख पुगेको छ ।
कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५५ पैसा ऋणात्मक छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ १ पैसा थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ५६ रुपैयाँ ३२ पैसा छ ।
कम्पनीको चुक्तापूँजी रू. ७४ करोड ५० लाख छ । कम्पनीले पहिलो त्रैमाससम्ममा जगेडा कोषमा रू. ४४ करोड २७ लाख सञ्चिति गरेको छ । सञ्चित मुनाफा भने रू. २ करोड ३१ लाख ऋणात्मक छ ।