काठमाडौं। राइड सेयरिङ प्लेटफर्म इन्ड्राइभले डेलिभरी सेवा शुरू गरेको छ । इन्ड्राइभ (एपीएसी)का मार्केटिङ डाइरेक्टर नतालिया माकारेन्कोले नेपाली बजारमा गतिशीलता अभिवृद्धि गर्न प्रतिबद्ध रहँदै कम्पनीका सेवालाई थप प्रभावकारी बनाउन सामान डेलिभरीको सेवा शुरू गरिएको बताइन् ।
सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा २०० प्रतिशतको वृद्धि र सन् २०२४ को पहिलो ६ महीनामा सवारीहरूमा ४६ प्रतिशत वृद्धिको रेकर्ड राखेको उनको भनाइ छ । डेलिभरी सेवाले बुकिङकै दिनमा २० किलो वा सोभन्दा कम तौलका पार्सलको डेलिभरी गर्ने बताइएको छ । इन्ड्राइभले यात्रु र चालक दुवैको सुरक्षालाई प्राथमिकता दिँदै आएको बताइएको छ ।